एभरग्रीन जवानी

 

wild_youth-t2
IMAGE SOURCE-INTERNET

टेबलमा किताब थियो।बाहिरी गातामा हरियो रंगले ‘EVERGREEN’ लेखिएको त्यो किताब हेर्दै जवान थियो।वास्तवमा त्यो किताब छापिएको कति दिन भयो त?हेर्दा त जवान छ।झन किताबको नाम’EVERGREEN’!!

EVERGREEN पढेर तेज सन्तुष्ट थिएन।ऊ जवानी बुझ्न चाहान्थ्यो।बुझाइका छालहरुलाई कागजमा पोत्नु थियो।
हरेक दिन उसको दिनचर्या एउटै हुन्थ्यो।परेली उघार्नु अघि नै उसका पैताला जमिनमा हुन्थे।पूर्वपट्टिको झ्याल छेउको कुर्सीमा पुगेर बसेपछि आँखा खोल्थ्यो।पृथ्वीको लागि हरेक बिहान जवान देखिने त्यो घाम उसको लागि पनि जवान थियो।उसले त्यो जवानी देख्दा देख्दै घाम माथि आइपुग्थ्यो।अनि उसले देखेको त्यो जवानी रहँदैनथ्यो।यसरी हरेक बिहान ऊ पहिलोपल्ट निरास हुन्थ्यो।घामको उज्यालोले देखिने हरियो वनस्पतिहरू हेर्दै ऊ सोच्थ्यो”के यही जवानी हो त?ती रुखहरु त बढ्दैछन,आफ्नो आयु घटाउँदैछन।अहँ,तिनीहरूलाई म जवानीको ताज कसरी दिउँ?”
अनि ऊ ऐनामा गएर आफूलाई हेर्थ्यो।दिनप्रतिदिन बुढो हुदै गएको आभास हुन्थ्यो उसलाई।लामो कपाल र झ्याप्प दाह्री,हेर्दा ऊ यस्तै थियो।ऊ घर बाहिर निस्किन्थ्यो र घुम्तीमा गइ चुरोट किन्थ्यो।चुरोट किन्दा पसलेलाई दिएको पैसा खुब हेर्थ्यो उसले।हुन सक्छ पैसामा पनि ऊ जवानी खोज्छ।चुरोटको धुवां केहीबेर उडाएपछि चुरोट सकिदै गएको देखेर निरास हुनु र थचक्क कुर्सीमा बस्नु….यो दैनिकी हरेकपल्ट पसलेले देख्थ्यो।तर अब त उसका तेज प्रतिका प्रश्नहरु ओईलाईसकेका थिए।कति सोध्दा पनि तेजको मुखबाट आवाज निस्केन।कुर्सीमा बसिबसि ऊ बाटो हेर्थ्यो,हेर्दा नजिक देखिने टाढे पहाडहरु हेर्थ्यो।यस्तो लाग्थ्यो की ऊ दूरबाट पहाडभित्र केही खोज्दैछ।घुम्तीमा आउने जाने मानिस नियाल्थ्यो ऊ।त्यँहा हरदिन आउने र त्यहीबाट हिड्ने मध्ये केहीलाई बढी नजर गर्थ्यो उसले।
एउटी जवान नारी जो बिहानै अफिस जान निस्किन्थिन।ऊनी सफा सेतो कुर्तासुरवाल र लामो चटक्क मिलेको कपालमा सेतो फूल लगाउँथिन।तेजलाई ऊनी नै हुन जवानी जस्तै लाग्थ्यो।खुशी हुदै कलमकापी झिकेर उनको बारे लेख्नथाल्थ्यो।ऊ त्यो नारीको आशिक हो भन्ठानथ्यो पसलेले।उसलाई लाग्थ्यो की यो कुनै लबस्टोरी भन्दा कम छैन।तेज कहिले बादाम बेच्ने केटोलाई जवानको उपमा दिन्थ्यो कहिले बाटोमा रमाउँदै हिड्ने जोडीलाई।तर एकैछिनमा ती जवानी र जवानीका पलहरु छिप्पिन्थे।सेतो फूल लगाउने नारी पनि फर्केर आउँदा केही फिक्का देखिन्थिन।शरीरमा खुम्चेको कुर्तासुरवाल र कपालमा ओइलिएको फूल लिएर फर्किन्थिन।उनको पनि आयु घट्दैछ र जवान छैनन भनेर पत्तो पाउँथ्यो उसले।यसरी बस्दा बस्दै साझँ पर्थ्यो।जवानीको उपमा कसैलाई दिदैनथ्यो,अँध्यारोमा उसले केही जवान पाउँदैनथ्यो।उठेर आफ्नो घरतिर लाग्नु बाहेक अरु के विकल्प थियो र?ऊ चुपचाप घरतिर लाग्थ्यो।घरको अँध्यारो कोठामा बत्ती बालेर’EVERGREEN’ पल्ट्याउथ्यो।त्यँहा के पढ्छ तेजले त्यो त उसलाई नै थाहा हुनुपर्छ।बिहान जवानी देख्ने आश लिदै ऊ निदाउथ्यो।अनि बिहान फेरि त्यही कुराहरु दोहोरिन्थे।उसका यादहरु एकदिन मात्र जवान रहन्थे।हिजो केके भयो उसलाई थाहा हुदैनथ्यो।तर हरेक दिन ऊ जवान हुन्थ्यो।उसका दिमागी भावना र दिमागका छालकिराहरु एकदम जवान हुन्थे।त्यसमा हिजो र अस्ति हुदैनथ्यो।उसको दिमागी हाल उसलाई नै थाहा थिएन न त अरु कसैलाई।आफूमा जवानी खोज्दा त ऊ ऐनामा मात्र खोज्थ्यो।तर कुनै दिन त तेजले ऐनमा हेर्दा आफ्नो दिमाग जवान देख्ला!!!
कतै तेजले जस्तै हामी पनि हामीलाई नै खोज्दै त छैनौ??खोजाइका गर्जनहरु जताततै सुनिनै पर्दैन,हामी भित्रै खोजौ।

Advertisements

भिखारी(beggar)

“We feel some people we meet” ……….yahoo_1460545310

कूचिएको शीर लिएर
थुनिएको बोली लिएर
बाध्य मन्द मुस्कान लिएर
चामल र सिक्का बटुलेर
यसरी नै हिड्छ ऊ
अलपत्रीएको शरीर लिएर ।।

उसलाई मैले पहिलो पटक देंखे । हैन हैन पहिलो पटक सुने।”बहिनी” भनेर बोलाएको थियो उसले। बहिनीले कानमा स्पर्स गर्दा झसंग र पलभरमै रसिला आँखा र कूचियेर हावा नभएको भकुन्डो झै शीर देखेर अचम्म ‘म’। खै मैले त हजुर पनि भनिनछु।

त्येही थुनिएको बोली फेरि बोल्दा
घर कता बहिनी तिम्रो भन्दा
शैली र ढंग ले गर्दा होला
आफ्नोपन झैं लागेको ‘बहिनी’ भन्दा ।

मैले मुख खोले है अब।झापा थाहाछ?म त्येतैको हो ।वाक्य पूरा हुन नपाई “उर्लाबारी ,मोरंग ,चारआली, दमक सबै थाहाछ,म पूर्वकै त हो नि”। यस्तो जवाफ आयो।म अब उसलाई नियाल्न थाले।

शिर देखि पाउ सम्म दाग भएपनि मनको क्यामेराले उसको वास्तविकता चीत्र्याए।सांचै एक चट्टक्क परेको गरिखाने युवक। मेरा आँखा फेरी विपना तर्फ मोडिदा विपना नै त्रसित देखिन्थ्यो।।

यो कस्तो हालत दाजु ?
कसरी आइपुग्नुभयो यहांँ ?
कसरी भयो यो सब ?
बांकि परिवार छन कँहा ?

ओहो बाढी आएर भेल बघेझै एकै सासमा उसका भावहरु पोखिए। “घर थिए ,गाडी थिए ,परिवार धन सबले ओतप्रोत थिएँ म,सबै बद्लियो एकै मिनिटमा जब मेरो ज्यान सात तला माथीबाट भुइँमा जोडियो।कसरी जोडिएँ थाहा छैन ‘भाचिएँको थिएँ म’।। कसरी पोकीयो मेरो शीर खै ‘छल्लबल्ल पोखिएका थिए रे टाउका भीत्रका अंगहरू।। “नसिलाको ठाउँ छैन” भन्दै उसले सारा शरीर मलाई देखायो। एकैचोटी दुई बर्षपछि उठेर जमिनमा पाइलीदा जमिनमै पुगिसकेको थाहापाएँ ।

“मलाई परिवारले सिलाउँदै गएछन उता उनीहरूका लुगा फाट्दै गएछन”। 

सम्पत्तिको गाग्री रीतीयो। पाइला टेकेको दिन देखि मैले जागिर खान थालें ‘भिखारी’।।।
म छक्क परे र हेरीरहें!!
“छोरी” म झस्किएँ, यसपटकको झस्काइपछी अचम्म परिन म किनभने त्यो मेरी ‘आमा ‘हुनुहुन्थ्यो। जाउँ भनेर इशारा गर्नुभयो । मेरो जिब्रो चलेन तर पाइला चल्यो । परीवारसँग ‘पशुपतिनाथ ‘दर्शन गर्न आएको थिएँ तर
मनको दर्शन भयो ।फेरी पनि भेट हुने आसमा छु । “बहिनी “को स्पर्स खोज्दैछन यी कानले। #kit

चित्र भित्रको चित्र

super-zone-21022017082620-1000x0 चित्र भित्रको चित्र
के हौ तिमी ? असल,दुष्ट, लोभी,दानी,धनी,गरिब,ज्ञानी,अज्ञानी,के हौ ?

जे हौ तिमी एउटा चित्र हौ र यी सबै तिम्रा पहिलो चित्र हुन।यो सँसारमा तिम्रो पहिलो चित्र हेरिन्छ र त्यसलाई अँगालिन्छ।एउटा चित्रलाई बयान गर्नु खरर किताब पढ्नु हो भने त्यही चित्र भित्रको चित्र देख्नु गोपीनियता थाहपाउनु हो।
अब भनलाउ की-“म जे छु त्यही देखाउँछु,मनमा केही राख्दिन फ्याट्ट बोल्छु,कन्जुस्याइँ गर्दिन टन्न खर्च गर्छु,आमबुवालाई छल्दीन,केही गोप्य छैन त्यस्तो जून लुकाउँ “॥
फेरी भनलाउ की-“के गोप्य राख्नु पाप हो र?व्यक्तिगत सेक्रेट्स एउटा नीड हो।सबै कुराको सीमा हुन्छ र त्यो पार गर्नु मुर्ख्याइँ हो”।।



दोस्रो चित्र के हो ?भन्नै नपाई तिमीले यो सब सोच्यौ।ठीकै छ,किनभने दोस्रो चित्र थाहापाउनु समुन्द्र भित्र डुबुल्की मारेर पूरै समुन्द्र घुमेर बाहिर निस्किनु जस्तै हो।तर नआत्तेऊ तिमी बाहिरै छौ,जँहा समुन्द्र जस्तो सास फेर्न गाह्रो छैन।
खुलेर सोच-
कसरी आयौ?कस्तो थियौ?कुनबेला आयौ?यस सँसारमा तिमी।तिमीलाई याद त छैन नि ?अघिका पहिला चित्र त पछि बनेका होइनन र?पहिलैबाट लिएर आएको भएत तिमीलाई सबै याद हुन्थ्यो।तिमी आउँदा दोस्रो चित्र लिएर आएको थियौ-
एकदम कोमल,शुद्ध र निस्छल।
पहिरोले घर पूरेझैं पहिलो चित्रले दोस्रो चित्रलाई पुर्यौ।तिमी मानिसको पहिलो चित्र हेर्न थाल्यौ र अँगाल्न थाल्यौ।दोस्रो चित्र त बिलाइसक्यो र मरिसक्यो तिम्रो।त्यो मरेको चित्र जिवीत हुनेछ एकदिन जुनदिन तिमी जाने तरखरमा हुनेछौ।जसरी आउँदा भित्री चित्र लिएर आयौ जादा पनि भित्री चित्र नै लिएर जानेछौ।तिम्रा अहिलेका बाहिरी चित्र झलझली याद आउनेछन-
“सुधार्न खोज्दा उठ्न सक्ने छैनौ
बोल्न खोज्दा बोली आउने छैन
पुग्न खोज्दा बाटो रोकिनेछ”।।।



त्यसैले बाहिरी चित्र नपछ्याउ र भित्री चित्र स्वीकार,झैझगडा त्याग,चित्र नहेर तर बुझ।चुनाव आउँदैछ ,छनोटपछि पालैपालो सबैले आफ्नो चित्र कोर्नेछन।यसपटक पहिलो होइन दोस्रो चित्र कोरौं(भित्री चित्र )। 

हामी चित्र हेरेर थाकिसक्यौं अब पालो भित्री चित्रको।
सबैको चाहना-

 ‘चित्र भित्रको चित्र ‘।#KIT

बज्यै कसको ?

I Translated the part of

Who will take Grandma”…….

Nepali_Grandma
Image source:Internet/Nepali Grandma

कसले लैजान्छ बज्यैलाई ? कुन छोराले? सबैकी प्यारी हजुरआमा सबैले स्वीकार्नेछन। छ्लफल गरौ सबै मिलेर छिटोछिटो निधो गरौ। यति ठूलो परिवार यति राम्रो घरबार,त्यस भीत्रकी रत्न हजुरआमा।।

सोचेको कुरा अनौठो र नहुदो पनि। बज्यैले सहन सक्ने छैनन। मनमा पिरो हुदानी अनुहारमा मिठास कसरी देखाकि? धमिलो देख्दा नि आफ्नो सन्तान कसरी चिनेकी? ओइलीएको फूल अक्सर फालिन्छ तर कता?

त्यो दिन थियो जब बज्यै खट्नुहुन्थ्यो। आफ्नो हात पौलाउदै रोटी पोल्नुहुन्थ्यो।

बज्यैको शिक्षा र अपरम्पार प्यार

बनायो हाम्रो सपना साकार ।।

सयवटा भोगेकी सयपत्री बज्यैको बासको भएन टुंङ्गो। कस्तो दर्दनाक।।

सानो कुनो भए पुग्छ उनलाई। शीर अड्याउन एउटा काध,पूजाको थाली,घाम छिर्ने झ्याल र त्यँहा बस्ने कुर्सी। शीतको थोपा झार्ने मगमगाउँदा फूल जसले हिउँदमा तातो माया दिनेछन। बज्यैले जाडो भयो भनेर गुनासो गर्ने छैनन।

अचम्म,कसैलाई बज्यै चाहिदैन रे। ठाउँ छैन रे कतै। एउटा ठाउँ छ रत्न बस्ने।

पोल्ने छैन छाती

कोही छैनन त्यँहा पक्षपाती।।

अब चाडै भगवानले बसाउने रे हजुरआमालाई। तर हाम्रो आँसु कसले सुकाउँछ हजुरआमाको मृत्यु पछि?C88KQQYUIAA4d5R.jpg

Colours of life

aMTao5KAn old man was leering at the green young leaves of a tree.He wished if he could return back to green. Seeing this, the brown old leaves from ground alleged ” hey, don’t gospel that green, look at me I am you “. But the bittiest voice didnot orbit the ears of that man.After a while something terrible happened.That old man fell down with his collapsing feet.He tried to look back to green but his heads didnot move,now he realized he was brown and old like the leaves. At that moment he felt a green young touch who took him to his home. It was his grandson. As soon as they reach home the grandson went for his work.The old man was sleeping and leering the old brown leaf. It was his new and last friend of his life.He put his friend below the pillow and slept with a smile 🙂 #KIT